ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

‘डाँफे र गैडा सरुवा’ पद्धतीको अन्त्य भयोः प्रधानन्यायधीश कार्की

  • प्रकाशित मिति: २८-आषाढ-२०८० ६:३८
  • रेडियो ओखलढुंगा
‘डाँफे र गैडा सरुवा’ पद्धतीको अन्त्य भयोः प्रधानन्यायधीश कार्की

कुलबहादुर तामाङ

ओखलढंगा (रेडियो ओखलढुंगा) । प्रधानन्यायधीश हरिकृष्ण कार्कीले अदालतमा विगतमा क्षमतावान न्यायधीश नियूक्त भएनन् भन्ने आरोपहरु आउने गरेकाले न्यायधीश नियूक्तिको मापदण्ड परिवर्तन गरेको बताउनुभयो । आफ्नो मान्छेहरुलाई मात्रै च्यापेर न्यायधीश नियूक्त गर्यो भन्ने कुराहरुलाई तोड्न आफू सफल भएको बताउनु भएको हो । कर्मचारीको सरुवा लगायत यवात कुराहरुलाई सुधार गर्दै आफू अघि बढेको बताउनुभयो । डाँफे र गैडा सरुवा भन्ने पद्धतीको अन्त्य गर्दै अहिले न्यायधीश, कर्मचारीहरुको सरुवा प्रक्रियामा तराईको हिमालमा, सुगममा सेवा गरेकालाई दुर्गममा र दुर्गमकालाई शहरमा मिलाएर न्यायिक तवरले अघि बढाएको बताउनुभयो । विगतमा कानून व्यवसायीको प्रमाण पत्र लिएका तर अदालत नै नटेका व्यक्ति न्यायधीश भएको भनेर आलोचना खेप्नु परेपछि अब कम्तिमा एक सयवाट फैसलामा नाम लेखेका, तीन बर्षसम्म कर तिरेका व्यक्तिलाई मात्रै न्यायधीशको रुपमा सिफारिस गरी नियूक्त गर्ने गरी निर्देशिका परिवर्तन गरेको जानकारी दिनुभयो ।


कुलबहादुर तामाङ

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top