ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !

  • प्रकाशित मिति: ३१-भाद्र-२०८० ११:३४
  • रेडियो ओखलढुंगा
खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो । न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधिवत रहेको ठहर गर्दै रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकता वाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गरेको थियो । अध्यक्ष शेर्पाले कानून संवत नै निर्वाचनमा भाग लिएको र अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त गरेको देखिएकाले बस्नेतको रिट खारेज गरेको जनाइएको छ । आदेशको पूर्ण पाठ आउन बाँकी छ ।  


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top