१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

खिजीदेम्बामा चट्याङ लागेर एक पुरुषको मृत्यु



ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको खिजीदेम्बामा चट्याङ एक पुरुषको मृत्यु भएको छ । हिजो विहिबार साँझ करिब ७ ः३० बजेको समयमा वर्षासँगै परेको चट्याङले खिजीदेम्बा ४ लोसाका बमन बहादुर तामाङको मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।प्रहरी चौकी रावादोलुबाट प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखेको प्रहरीले बताउनुभयो ।आज विहानै प्रारम्भिक प्रकृया तथा थप अनुसंधानको लागि इलाका प्रहरी कार्यालय खिंजिफंलाटेबाट प्रहरी निरीक्षक सहितको टोलि घट्नास्थलमा खटिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५८ बजे