१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

दोश्रो ओखलढुङ्गा महोत्सवमा डान्स प्रतियोगिता हुदैं




ओखलढुंगा (रेडियो ओखलढुंगा ) भोली देखी ओखलढुङ्गामा सञ्चालन हुने दोश्रो ओखलढुङ्गा महोत्सवमा खुला डान्स प्रतियोगिता हुने भएको छ । दोश्रो ओखलढुङ्गा महोत्सवको अवसर पारेर एआइके ग्रुप काठमाण्डौको आयोजनामा खुल्ला डान्स प्रतियोगिता सञ्चालन हुने भएको हो । डान्स प्रतियोगितामा जुनसुकै उमेर समूहका महिला तथा पुरुषहरुले सहभागीता जनाउने सक्ने आयोजक एआई ग्रुपका संयोजकअजय न्यौपानेले जानकारी दिए ।प्रतियोगिता अडिसन राउण्ड देखी सुरु हुने छ । प्रत्येक प्रतिष्पर्धीले फरक फरक दिन फरक गीतमा नृत्य गर्नुपर्ने आयोजकले जनाएको छ । टपटेन पश्चात भने प्रतिष्पर्धीका बीचमा भोटिङ सिष्टम पनि लागू हुनेछ । सहभागिताको लागि भोलि बैशाख ५ गते विहान ११ बजे सम्म नाम दर्ता गराउन सकिने छ । प्रतियोगितामा प्रथम द्धितिय , र तृतिय हुनेले क्रमश नगद २० हजार १५ हजार र १० हजार सहित प्रमाणपत्र, मायाको चिनो प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ४६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित