१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

दोस्रो ओखलढुंगा महोत्सवको तयारी पुरा




ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगा महोत्सवको तयारी पुरा भएको छ । “स्थानीय उत्पादन, उद्योग, पर्यटन, तथा पुर्वाधार, मौलिक कला सस्कृति समृद्ध ओखलढुंगाको आधार” भन्ने मुल नाराका साथ जिल्लामा भोलि बैशाख ५ गतेबाट शुरु हुने दोस्रो ओखलढुंगा महोत्सवको सम्पुर्ण तयारीे पुरा भएको आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ ओखलढुंगा र एआईके ग्रुप काठमाण्डौको सह—आयोजनामा
जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन, संस्कृतिको जगेर्ना, कृषिको व्यवसायिकरण गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो । साथैे समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन उद्धघाटनमा विभिन्न जाताजातिको परम्परा तथा संस्कृतिसहित स्थानिय झाँकी प्रर्दशन गरिने आयोजकले जनाएको छ । सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा आयोजना हुने महोत्सवको उदघाटन भोलि १ बजे हुने जनाइएको छ । यस्तै महोत्सवको पहिलो दिन भोली मलनचोक देखि सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा विभिन्न समुदायका झाँकी तथा साँस्कृतिक झल्कने गरी र्याली निकालिने उद्योग वानिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताउनुभयो। महोत्सव स्थलमा १५० भन्दा बढी स्टल राख्ने छ । महोत्सव प्रवेशका लागी आयोजकले टिकटको व्यबस्था गरेको छ । वृद्ध ,वृद्धा र विद्यार्थिहरुलाई परिचय पत्र सहित प्रति व्यक्ति ७० रुपयाँ , साथै अन्य व्यक्तिको हकमा १०० रुपयाँ र पाँच वर्ष भन्दा मूनिका बालबालिबालाई निशूल्क प्रबेश गरिने छ । महोत्वसमा ६० हजार बढी दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । १० दिनसम्म चल्ने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : ५१ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित