१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाराको प्रस्तावित निजगढ विमानस्थल नबनाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएको छ ।

बिहीबार अदालतका प्रवक्ता विमल पौडेलले बृहत पूर्ण इजलासले सरकारले अहिले सम्म विमानस्थल बनाउनका लागि तयार गरेको प्रकृया निर्णय बदर गरेको जानकारी दिए ।

अदालतका प्रवक्ता पौडेलका अनुसार रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश गरेको हो ।

सरकारले यस अघि तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करिब २४ लाख सालका रुख काटेर विमानस्थल बनाउने योजना बनाएको थियो । तर,वातावरण संरक्षण अभियानताहरुले विमानस्थल बनाउँदा वातावरणीय सन्तुलन र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै विरोध गर्दै आएका थिए ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : ४८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित