१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विद्युत नहुँदा यसम माविको ‘स्मार्ट बोर्ड’ थन्कियो



काठमाडौं (रेडियो ओखलढुंगा) । ओखलढुंगाको लिखु गाउँपालिका–४ मा रहेको यसम माविको स्मार्ट बोर्ड प्रयोग विहीन बनेको छ । विद्युत आपूर्ति सहज नहुँदा ‘स्मार्ट बोर्ड’ प्रयोग गर्न नसकिएको हो । स्थानीय विद्युत लाइनको क्षमताले धन्न नसक्दा स्मार्ट बोर्ड सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । ‘विद्युत क्षमता कम भएपछि स्मार्ट बोर्डलाई प्रयोग गर्न सकिएन’ प्रअ श्रेष्ठले भने । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रतिगोटा १ लाख १० हजार बढी मूल्यमा खरीद गरेको बोर्ड सञ्चालनमा नआउँदा विद्यार्थीहरु समयसापेक्ष शिक्षा लिन बञ्चित भएका छन् ।
विद्यालयमा ३ वटा स्मार्ट बोर्ड छन् । गाउँपालिकाले राष्ट्रिय विद्युत प्रशारण लाइन जोड्नका लागि पोल गाड्ने काम भईरहेकोले चाँडै विद्युत आपुर्ति गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म काम हुन नसक्दा विद्यालयलाई प्रविधि मैत्री बनाउने सपना पूरा हुन नसकेको प्रअ श्रेष्ठको गुनासो छ । ४ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई कक्षा कोठामै टेलिभिजन सेट समेत राखेर शिक्षण क्रियाकलापमा सहभागि गराउँदै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ०० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित