१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सुनकोशीमा ढाका बुनाई तालिम सञ्चालन हुँदै



ओखलढुंगा (रेडियो ओखलढुंगा) । सुनकोशी गाँउपालिका ओखलढुंगाले ढाका बुनाई तालिम सञ्चालन गर्ने भएको छ । ब्यावसायिक तथा सिप बिकास तालिम केन्द्र ओखलढुंगाको आयोजना तथा पालिकाको समन्वयमा वडा नम्बर ७ र ८ च्यानममा तालिम सन्चालन गर्ने भएको हो ।
३ महिना सम्म सन्चालन हुने तालिममा पालिका भित्रका उद्यमि बन्ने चाहना भएका, गरीब, अपाङ्ग, महिला, लगायतले तालिम लिन पाउने पालिका उप–प्रमुख सुनिता आधिकारीले जानकारी दिनुभयो ।
वडा नम्बर ७ र ८ को केन्द्रबिन्दुमा पर्ने स्थान छनौट गरि तालिम सञ्चालन गर्ने पालिकाको तयारी रहेको अधिकारीले बताउनुभयो । ५,६,७,८,९ र १० नं. वडाका ३० जनालाई २ समुहमा तालिम दिइने तालिम केन्द्रले जनाएको छ । तालिम पौष १४ गत्तेबाट सञ्चालन हुने भएकाले १६ बर्ष पुगि ४० बर्ष ननाघेका नागरिकहरुले पौष १२ गत्तेसम्म पालिकामा आवेदन दिनहुन पालिकाले अनुरोध गरेको छ ।
यस्तै वडा नं. १ बलखुमा भने घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाको आयोजना तथा पालिका र वडा नं. १ बलखुको समन्वयमा तालिम सञ्चालन हुनेछ । पौष ८ गत्तेबाट सञ्चालन हुने तालिममा १५ जनाको सहभागिता रहने घरेलुतथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ३७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित