१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थाक्लेका नागरिकहरुलाई स्वास्थ्य परिक्षण तथा परिचयपत्र सेवा



ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगामा जारी एकिकृत स्वास्थ्य परिक्षण तथा परिचयपत्र घुम्ति शिविर मंगलबार वडा नं. ६ स्वास्थ्य चौकी थाक्लेमा सम्पन्न भएको छ । शिविरमा २ सय ३६ जनाले सेवा लिएको पालिकाका सूचना अधिकारी विपिन कार्कीले जानकारी दिनुभयो ।
जसमध्ये जेष्ठनागरिक परिचयपत्र १६ जना र अपाङगता परिचयपत्र १५ जनाले लिएका छन् । त्यस्तै आँखा जाँच १ सय ३१, दाँततर्फ ७२, ओपीडी सेवा १ सय ७२ जना, आयुर्वेदतर्फ २५, गर्भवती जोडी तालिम १९ जोडी र भिडियो एक्सरे सेवा १९ जनाले लिएका छन् ।

May be an image of 9 people, people standing, road and tree
सोमबार वडा नं. ८ वडा कार्यालय राघवपुरमा भएको शिविरमा १ सय ८१ जनाले सेवा लिएका थिए । आईतबार वडा नं. ९ निकेतन मावि माधवपुरका ३ सय १० जना, शनिबार वडा नं. ७ वडा कार्यालय टोक्सेलका २ सय १२ जनाले सेवा लिएका थिए । त्यस्तै शुक्रबार वडा नं. ४ केत्तुकेका १ सय ७५ जना, विहिबार वडा नं. ३, उबुँमा २ सय ७ जनालाई सेवा प्रदान गरिएको थियो । दोस्रो दिन बुधबार वडा नं. २ बाक्सामा २ सय ७४ जना र पहिलो दिन मंगलबार वडा नं. १, स्वास्थ्य चौकी मोलीमा १ सय ५० भन्दा बढीले सेवा लिएका थिए ।
गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा र स्वास्थ्य शाखाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको शिविर भोली बुधबारसम्म सञ्चालन हुनेछ । बुधबार वडा नं. ५ स्वास्थ्य चौकी मानेभन्ज्याङबाट सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ०७ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित