ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

खिजीदेम्बामा १ करोड ५० लाख बजेट तथा कार्यक्रम संशोधन

  • प्रकाशित मिति: २२-फाल्गुण-२०७९ १:४७
  • रेडियो ओखलढुंगा
खिजीदेम्बामा १ करोड ५० लाख बजेट तथा कार्यक्रम संशोधन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका ओखलढुंगाको १३ औं गाउँसभाले १ करोड ५० लाख बराबरको बजेट तथा कार्यक्रम संशोधन गरेको छ । चालु र पूँजीगत तर्फको कार्यक्रमबाट बजेट १ करोड ४९ लाख २३ हजार बराबरको बजेट तथा कार्यक्रम संशोधन गरेको हो । हिउँदेसभामा उपाध्यक्ष सुशिला तामाङले प्रस्तुत गर्नुभएको चालु आर्थिक बर्ष २०७९।०८० को बजेट तथा कार्यक्रम संशोधन विधेयकमार्फत बजेट तथा कार्यक्रम संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । No description available. संशोधन बजेट अनुसार सबै भन्दा धेरै कर्मचारीको पारिश्रमिकबाट ६२ लाख घटाइएको उल्लेख छ । त्यस्तै, पदाधिकारीको पारिश्रमिकबाट २३ लाख ८८ हजार, महंगी भत्ता ४ लाख ६० हजार, स्थानीय भत्ता ३ लाख ७५ हजार रुपैयाँ कटौती गरेको छ । त्यस्तै, विभिन्न योजना, कृषि व्याज अनुदान, सञ्चार महशुल, पत्रपत्रिका छपाई र प्रकाशन, महिला स्वास्थ्य स्वयमसेविका प्रोत्साहन भत्ता, घरभाडा शिर्षकका बजेटहरु घटाइएको विधेयकमा उल्लेख छ । No description available. त्यस्तै, विभिन्न विकास कार्यक्रमहरुलाई संशोधन गरेको छ । सभाले करार सेवा शुल्क ३२ लाख ३० हजार, कार्यालयका लागि इन्धन प्रयोजनका लागि ११ लाख, पदाधिकारी इन्धनका लागि ३ लाख, अन्य प्रयोजनका लागि आवश्यक इन्धनका लागि ५० हजार बजेट थप गरेको छ । त्यस्तै, पशुका लागि औषधी खरीद, सभा सञ्चालन, आर्थिक सहायता, सेवा र परामर्श, विविध र अन्य भक्ता शिर्षकमा बजेट थप गरेको जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top