१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वेरुजू लगत कट्टा गर्न खिजीदेम्बाको अनुरोध



ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिकाले गत आर्थिक बर्षको वेरुजू लगत कट्टा गर्न महालेखा परीक्षकको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । १३ औं गाउँसभाले गाउँपालिकाको वेरुजू सम्परीक्षण प्रतिवेदनमार्फत फच्र्यौटका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।
महालेखा परीक्षकले लेखा परीक्षण प्रतिवेदनमार्फत गाउँपालिकाको विभिन्न ६ शिर्षकमा २ करोड ६८ लाख ७ हजार ८ सय १९ रुपैयाँ पचास पैसाँ वेरुजु रहेको ठहर गरेको थियो ।
करार कर्मचारीको तलव भत्तामा ७ लाख ६३ हजार ८ सय ३०, पदाधिकारी भ्रमण भत्ता आफैले स्वीकृत गरेकोमा ७६ हजार, धरौटी कट्टी नभएवापत ३ लाख ४१ हजार ८ सय ३१ बेजुरु रहेको छ । त्यस्तै, सम्झौता पत्रमा नन प्राक्टिकल भत्ता उल्लेख नगरी भत्ता वितरण गरेको ५९ हजार १ सय २५, भ्रमण भत्ता फैले स्वीकृत गरेको १ लाख ३० हजार ६ सय ४० र फरक शिर्षकमा सामाग्री खरीद गरेको १३ लाख १६ हजार ३ सय ९३ रहेको छ ।
गाउँसभाले कतिपयलाई कानूनी अज्ञानताका कारण वेरुजू लगत कट्टा गर्नृुपर्ने उल्लेख गरेको छ भने भौगोलिक विकटता लगायतका कारणले पनि बेरुजुबाट लगत कट्टक गर्न अनुरोध गर्ने निर्णय गरेको अर्थ तथा सार्वजनिक लेखा समितिका सयोजक राम कुमार सुनुवारद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १ : ४६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित