१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङका वृद्ध पक्राउ



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङका एक वृद्ध पक्राउ परेका छन् । गाउँपालिका वडा नं. २ वाक्साका ६० वर्षिय वृद्ध गोपाल कट्वालले सोही वडाका २१ वर्षिय महिलालाई करणी गरेको आरोपमा कट्वाल पक्राउ परेका हुन् ।
वृद्धले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । बृद्धलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ल्याई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १२ : ४० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित