१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

खिजीदेम्बामा ढाका बुन्न सिकेकालाई ‘तान’ दिइयो



ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका, ओखलढुंगामा २ महिने ढाका बुनाई तालिम सम्पन्न भएको छ । चैत्र १ देखि शुरु भएको तालिम जेठ ५ गते सम्पन्न भएको हो ।
अपांगता भएका व्यक्ति र परिवारलाई लक्षित गरी उनीहरुको जीविकोपार्जनमा सघाउ पुर्याउने हेतुले आयोजित तालिममा १५ जना सहभागि रहेको जनाइएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय, ओखलढुंगाको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नं. ५ खिजीफलाटेमा भएको तालिममा अपांगता भएका परिवारका अभिभावक ५ जना, २ जना अपांगता भएका व्यक्ति र अन्य ८ जना सहभागि थिए ।
खिजीदेम्बा गाउँपालिका र ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सिविआर)ले समन्वय गरेको तालिम खिजीदेम्बा गाउँपालिका उपाध्यक्ष शुसिला तामाङको विशेष उपस्थितीमा समापन भएको वडा न. ५ का अध्यक्ष रामकुमार सुनुवारले जानकारी दिनुभयो ।
अपांगता भएका व्यक्ति र परिवारबाट सहभागिलाई सिविआरले खाना, आवासको समेत व्यवस्थापन गरेको कार्यक्रमका खिजीदेम्बाका टोली प्रमुख प्रेम जिसीले जानकारी दिनुभयो ।
तालिममा सहभागिहरुलाई ३ जना बराबर १ सेटका दरले ढाका बुन्ने तान उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : २० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित