१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल शेर्पा बिद्यार्थी संघ एक–एक बर्ष कार्यकाल मिलेर नेतृत्व गर्ने सहमति



नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा एक बर्षको लागि छिरिङ शेर्पा चयन हुनु भएको छ।

अध्यक्षका लागि तीन जनाको मूख्यदाबी भएपछि निर्वाचन मण्डललाई केही समय सहमतिका लागि समय लागेको थियो । अन्ततः अध्यक्षका मूख्य दुई दाबेदारवीच एक–एक बर्ष कार्यकाल मिलेर नेतृत्व गर्ने सहमति भएसँगै सहमति जुटेको जानकारी दिनुभयो । अर्का प्रत्यशी महिला अध्यक्ष फुटी शेर्पालाई जनजाति बिद्यार्थी महासंघ पठाउने सहमति भएको बताएको छ ।

काठमाण्डौको शेर्पा सेवा केन्द्रमा शनिबार सम्पन्न १४ औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन बौद्ध धर्म गुरु छोकी ङिमा रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महासचिव पेम्बा ग्याल्छेन शेर्पाले जानकारी दिनुभयो । कार्यक्रमा पुर्व माननीय जिप छिरिङ लामा शेर्पा, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा नेपाल शेर्पा संघका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा लगायतको उपस्थिति रहेको थियो।
सहअध्यक्षमा फुर्वा छिरिङ शेर्पा(रामेछाप)
वरिष्ठ उपाध्यक्षमा गेलु शेर्पा(सोलुखुम्बु)
उपाध्यक्षहरुमा ल्हाक्पा डोमा शेर्पा(ताप्लेजुङ),
फुरङिमा शेर्पा(दोलखा), कर्मा छिरिङ शेर्पा
(सिन्धुपाल्चोक), तेन्जिङ शेर्पा(संखुवासभा), नान्सी शेर्पा(दोलखा), ङिमा सांगे शेर्पा(संखुवासभा) र दावा याङजी शेर्पा(सोलुखुम्बु) रहेका छन्।
महासचिवमा पेम्बा गेल्जेन शेर्पा(ओखलढुङ्गा),
सचिवहरुमा मिङमार तेन्जी शेर्पा(सोलुखुम्बु),
मिङमा शेर्पा(रामेछाप),
ङिमा शेर्पा(सोलुखुम्बु),
डोल्मा छिरिङ शेर्पा(सोलुखुम्बु) रहेका छन्।
कोषाध्यक्षमा पेमा डोमा शेर्पा(ताप्लेजुङ)
सहकोषाध्यक्षहरुमा दारिन्जी शेर्पा(सोलुखुम्बु),
दिकु शेर्पा(सोलुखुम्बु) दावा सुन्दर शेर्पा(संखुवासभा) रहेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : ५० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित