८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

लामुजे बुल्बुले देखि झाप्रे सम्मको सबै बाकी मानेहरु पुनर्निर्माण गर्ने



सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचीनकालमा निर्माण भएको माने पर्खालहरु पुनरुत्थान , पुनर्निमाण को यो तेस्रो तथा अन्तिम चरणको कार्य अब आउने जेठ ६ गतेबाट शुरु हुने भएको छ लामुजे बुल्बुले आसपास देखि झाप्रे सम्मको सबै बाकी मानेहरु पुनर्निर्माण कार्यको लागि आज सस्थाको अध्यक्ष ङवाङ फुरी शेर्पा , लामा गुरु, सदस्यहरु वडा अध्यक्ष लगयत सुरक्षाकर्मी सहितको टोलीले अवलोकन गरि मुचुल्का उठाइ आज मानेको साङ सर्ङिम गर्ने काम सम्पन्न भएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।
बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको १७ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा मर्मत गरिरहेको हो बौद्ध दर्शनको प्रबद्र्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अबस्थालाई ध्यानमा राख्दै इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको संस्थाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउँनुभयो । स्थानीयहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका महासचिव अम्बर तामाङले बताउनु भयो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ०४ बजे