६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

ओखलढुंगामा आगलागिमा परि आमा छोराको मृत्यु




ओखलढुंगा (रेडियो ओखलढुंगा ) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको मृत्यु भएको छ । खरबारीमा लागेको आगो निभाउने क्रममा ५५ वर्षिय पुन्यकुमारी धमला र उनका छोरा करिब १५ वर्षिय कन्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो । बैशाख २३ गते देखी सिद्विचरण नगरपालिका १० बेतेनी स्थित बसाहा हरीबोले सामुदायिक बनमा आगलागी भईरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी बालिस्टर सिंहले जानकारी दिनुभयो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि घटना स्थल तर्फ प्रहरी टोली गईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ३२ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित