आमचुनाव–२०७९ नजिकिंदै गर्दा मुख्य राजनीतिक दलहरूबीच ध्रुवीकरण बढेको छ । सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिने प्रक्रिया अगाडि बढाएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साना दलहरूसँग तालमेलको प्रयत्न गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र संकायका प्रमुख डा. डम्बर चेम्जोङ भने गठबन्धनको राजनीतिले लोकतान्त्रिक पद्धति संस्थागत नहुने बताउँछन् । फरक विचारधाराका राजनीतिक शक्तिहरूबीच सत्तामा…