१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१२ स्वर्ण सहित तेक्वान्दो प्रतियोगिताको उपाधी आयोजकलाई



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी आयोजक छरछरेले जीतेको छ । जिल्लाको सिद्दिचरण नगरपालिका वडा नं २, छरछरेमा शनिबार सम्पन्न तेक्वान्दो प्रतियोगीतामा आयोजकले १२ स्वर्ण, ३ रजत र ५ कास्य सहित उपाधी जितेको हो ।

४ स्वर्ण, ४ रजत र ६ कास्यसहित शुभलक्ष्मी तेक्वान्दो डोजाङ उपबिजेता बनेको छ भने २ स्वर्ण, ५ रजत र ५ कास्य प्राप्त गर्दै वर्णालु तेक्वान्दो डोजाङ सान्त्वना भएको छ । प्रतियोगिताको बिजेताले रु २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपबिजेताले १० हजार, सान्त्वना डोजाङले ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


जिल्लाका ५ ओटा डोजाङ (समूह) बाट १ सय ३० जना खेलाडीहरु सहभागी रहेको खेलमा पुरुषतर्फ आयोजक समुहका खेलाडी लक्ष्मण कट्वाल र महिलातर्फ शुभलक्ष्मी तेक्वान्दो डोजाङका खेलाडी एनलिका राई उत्कृष्ट बनेका छन् । उत्कृष्ट हुने खेलाडीहरुले ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


छरछरे तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता पौष २९ गतेबाट सुरु भएको थियो । तौल समूह अन्तर्गत खेलाईएको खेलमा ८ महिला र १२ पुरुष गरि २० ओटा तौल समुह अनतगर्तको खेलहरु भएका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : २६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित