काठमाडौं (रेडियो ओखलढुंगा) । नेपाल शेर्पा संघले शेर्पा जातिको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले एक महिने श्याब्रु नृत्य प्रशिक्षण आयोजना गर्ने भएको छ । ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका ११ रमाइलो डांडामा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । शेर्पा जातिको संस्कार, संस्कृतिको संरक्षण र पहिचानका लागि तालिम आयोजना गर्न लागेको अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए…