१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सार्वजनिक सुनुवाई सम्पन्न



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले वडा नं ६ जन्तरखानीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोछ । नगरपालिकाका सबै वडामा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम अन्तर्गत जन्तरखानीमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सिद्धिचरण नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयहरुबाट सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारिता तथा कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहको अवस्थाका बारेमा नागरिकसँग सवालजवाफ भएको छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, वडाध्यक्ष मेखबहादुर मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका सवालबाट अत्यावश्यक औषधि स्वास्थ्य संस्थामा नियमित गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, वडाभित्रका ग्रामीण विद्युतीकरण सम्पन्न गर्ने, नगरपालिकाको सेवाप्रवाह पारदर्शी र प्रभावकारी बनाउनेलगायतका विषयमा सामुहिक प्रतिबद्धता गरिएको छ । नगरपालिकाले अन्य वडामा समेत सार्वजनिक सुनुवाई गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : ४० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित